एजेन्सीः डेनमार्कलाई पराजित गर्दै इंग्ल्याण्ड जारी युराे कप फुटबलकाे फाइनलमा प्रवेश गरेकाे छ। गएराति भएकाे खेलमा डेनमार्कलाई २-१ गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड फाइनल प्रवेश गरेकाे हाे।
इंग्ल्याण्ड पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हाे। सन् १९६६ यता इंग्ल्याण्ड कुनै पनि मुख्य प्रतियाेगिताकाे फाइनलमा प्रवेश गरेकाे थिएन।
इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे भने अर्काे गाेल आत्मघाती भयाे। डेनमार्कका लागि मिकेल डाम्सगार्डले एक गोल गरे पनि जितकाे लागि पर्याप्त भने भएन।
खेलकाे ३० औं मिनेटमा नै डेनमार्कका डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए। उनकाे उत्कृष्ट फ्रिकिकबाट डेनमार्कले खेलमा लय समाते पनि ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो।
दाेश्राे हाफ गाेलरहीत बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा पुग्याे। खेलको १ सय ४ औं मिनेटमा इंग्ल्याण्डका कप्तान केनले गोल गरेपछि इंग्ल्याण्डले फाइनल खेल्ने टुंगाे लागेकाे हाे।
इंग्ल्याण्डले अब फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल साेमबार राति नेपाली समयअनुसार १२ः४५ मा वेम्बली स्टेडियममा हुनेछ।
प्रतिक्रिया