एजेन्सीः युराे कपमा अन्तिम ८ अन्तर्गतकाे खेलमा स्पेन र इटाली विजयी भएका छन्। गएराति भएकाे पहिलाे खेलमा स्पेनले स्विट्जरल्याण्डलाई हराएकाे थियाे भने दाेश्राे खेलमा इटालीले बेल्जियमलाई हराएकाे थियाे।
स्पेन र स्विट्जरल्याण्डले १-१ काे बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेकाे थियाे। पेनाल्टी सुटआउटमा स्पेनले स्विट्जरल्याण्डलाई ३-१ ले हराएकाे थियाे।
पेनाल्टी सुटआउटमा स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे। स्विट्जरल्याण्डका लागि भने मारियो गाभ्रानोभिचले मात्र गोल गरे।
फाबियन, अकान्जी म्यानुएलको प्रहार स्पेनिस गोलकिपर सिमोनले बचाए भने रुबेन भेर्गासको प्रहार बाहिरिएको थियो।
यता गएराति नै भएकाे दाेश्राे क्वार्टरफाइनल खेलमा बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनल प्रवेश गरेकाे छ। इटालीले बेल्जियमलाई २-१ गाेलअन्तरले हराएकाे हाे।
फिफा वरीयताको शीर्ष स्थानमा रहेकाे टिम बेल्जियमलाई हराउने क्रममा इटालीका निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरेका थिए। बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन।
खेलमा तीनवटै गाेल पहिलाे हाफमा भएकाे हाे। दाेश्राे हाफ गाेलरहीत भएपछि खेल इटालीले जितेकाे हाे।
अब सेमिफाइनलमा इटालीले स्पेनकाे सामना गर्ने भएकाे छ।
प्रतिक्रिया