एजेन्सीः कोपा अमेरिका फुटबलमा अर्जेन्टिना विजयी भएकाे छ। मङ्गलबार बिहान सम्पन्न खेलमा बोलिभियामाथि फराकिलो ४-१ काे जित निकाल्दै अर्जेन्टिनाले समूह चरणकाे आफ्नाे अन्तिम खेलमा विजयी भएकाे हाे।
कप्तान लियोनल मेस्सीले अर्जेन्टिनालाई जित दिलाउन दुई गोल गरे। यस्तै अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक एक गोल थपे।
बोलिभियाका लागि इर्विन सावेद्राले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन।
मेस्सीको पासमा गोमेजले खेलको छैटौं मिनेटमा गाेल गरेका थिए भने पेनाल्टीमार्फत गाेल गर्दै मेस्सीले अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए।
पछि सर्जियो अग्युरोको पासमा मेस्सीले दोस्रो गोल गरे। दाश्राे हाफमा तुलनात्मक रुपमा आक्रामक भएकाे बाेलिभियाका लागि खेलको ६० औ मिनेटमा सावेद्राले एक गोल फर्काए। तर लगत्तै मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाकाे गाेल सङ्ख्या ४ पुर्याए।
प्रतिक्रिया