लेटेस्ट न्युज
advertisement1

राष्ट्रिय कविता महोत्सव शुरु

Maryada News 2021-06-23 13:31:38
राष्ट्रिय कविता महोत्सव शुरु

काठमाडाैंः नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नाे ६४ औँ स्थापना दिवसका अवसरमा राष्ट्रिय कविता महोत्सव, २०७८ आयोजना गरेको छ। कोभिड–१९ को जोखिमका कारण भर्चुअलरुपमा आयोजित कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए।

कुलपति उप्रेतीले कार्यक्रमकाे सुरुआतमै मबीबी शाह (तत्कालीन राजा महेन्द्र शाह), महाकवि लक्ष्मीप्रसाद देवकोटा, स्रष्टा बालचन्द्र शर्मालगायतको पहल र परिकल्पनाका आधारमा प्रतिष्ठानको जन्म भएको स्मरण गरेका थिए। उनले महोत्सवबाट काव्य प्रतिभाको विकास हुँदै आएको जनाउँदै पुरस्कृत कवितालाई प्रकाशन गर्दै जाने बताए।

प्रतिष्ठानका काव्य विभागका प्रमुख डा हेमनाथ पौडेलले एक महिना अगडिको पूर्व सूचनानुसार प्रतियोगिताका लागि देशविदेशबाट ७ सय ६४ कविता प्राप्त भएकामा मूल्याङ्कन समितिले वाचनका लागि ४१ कविका कविता छनोट गरेको जानकारी दिए। उनका अनुसार वाचनका लागि १० प्राप्ताङ्क निर्धारण गरिएको छ।

मूल्याङ्कनका लागि डा पौडेलको संयोजकत्मा प्राज्ञसभा सदस्य धु्रव मधिकर्मी र उपप्राध्याक डा विन्दु शर्मा सदस्य रहेको समिति गठन गरिएको छ। पुरस्कृत कविताको नतिजा आजै साँझ सार्वजनिक हुनेछ।

आरम्भमा अतिथि कवि डा बेन्जु शर्मा, आरडी प्रभाष चटौत र बुँद रानाबाट कविता वाचन गरिएको प्रतियोगितामा नेपाल बाहिरबाट आठ नेपाली कविले सहभागिता जनाएका छन्। कार्यक्रममा प्रतिष्ठानमा २५ वर्ष सेवा गर्ने १५ कर्मचारीलाई जनही रू ३० हजारसहित पुरस्कार प्रदान गरिएकाे थियाे।

प्रतिष्ठानले विसं २०२२ देखि विशेष अवस्थामा बाहेक हरेक वर्ष स्थापना दिवस आजकै दिन कविता महोत्सव आयोजना गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्