लेटेस्ट न्युज
advertisement1

असार दाेश्राे साताबाट 'स्मार्ट लकडाउन' लागू गर्न काेभिड-१९ निर्देशक समितिकाे निर्देशन

Maryada News 2021-06-20 10:01:17
असार दाेश्राे साताबाट 'स्मार्ट लकडाउन' लागू गर्न काेभिड-१९ निर्देशक समितिकाे निर्देशन

काठमाडाैंः आर्थिक क्षेत्र प्रभावित नहुने गरी स्वास्थ्य मापदण्ड पालना गर्दै व्यापार व्यवसाय चलायमान गराउन असार दाेश्राे साताबाट 'स्मार्ट लकडाउन' कार्यान्वयनमा आउने भएको छ। यसअघि थप गरिएकाे निषेधाज्ञाकाे अवधि यही असार ७ मा सकिने हुँदा त्यसपछिकाे अवधिमा स्मार्ट लकडाउन कार्यान्वयन गर्न समितिले निर्देशन दिएकाे हाे। 

यद्यपि हालसम्म स्मार्ट लकडाउनकाे स्वरुपकाे विषयमा भने स्पष्ट खाका तयार भएकाे छैन। निर्देशक समितिले स्मार्ट लकडाउनकाे खाका तयार गर्ने जिम्मा काेभिड-१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) लाई दिएकाे छ। सीसीएमसी प्रमुख बालानन्द शर्माले यस विषयमा विज्ञहरूसँग छलफल गरेर स्पष्ट खाका तयार पार्ने बताएका छन्। 

स्मार्ट लकडाउनमा सबैभन्दा चुनाैती यातायातकाे रहेकाे छ। सार्वजनिक यातायात चलाउने कि नचलाउने ठूलाे अन्याेल श्रृजना भएकाे छ। यस्तै निजीलाई पनि जाेर विजाेर प्रणालीमा चलाउने विषयमा छलफल जारी छ। आइतबार काठमाडाैं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीचकाे बैठकले यस विषयमा ठाेस निर्णय लिने बताइएकाे छ। 

हाेम डेलिभरी सेवालाई नराेक्न सर्वाेच्च अदालतले यसअघि नै आदेश जारी गरेका कारण पनि स्मार्ट लकडाउनमा अनलाइन सपिङलाई थप सहजता प्रदान गर्ने तयारी रहेकाे छ। यस्तै फेन्सी पसल र डिपार्टमेन्टल स्टाेर पनि दिन बिराएर सञ्चालन गर्न दिने तयारी रहेकाे बताइएकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्