दाङः घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालका अनुसार सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार गर्दा घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा बिहीबार निधन भएको हाे।
आरोपित मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनुसन्धान अघि बढाइएकाे प्रहरीले जनाएकाे छ।
प्रतिक्रिया