काठमाडौं : वायूसेवा प्रदायक कम्पनी यती एअरलाइन्सको सेवा अब मोवाइल एपबाट पाइने भएको छ । कम्पनीले सम्पूर्ण गतिविधि, टिकट बुकिङ देखि अन्य सेवा समेत मोवाइल एप बाट दिन शुरु गरेको जनाएकोे छ ।
यात्रुहरुको सुविधा र हवाई यात्रुलाई सहज बनाउन प्रभावकारी रुपमा मोवाइल एपबाट सेवा शुरु गरेको कम्पनीले जनाएको छ । एप डाउलोड गरे पछि उडान सम्बन्धि जानकारी सजिलै प्राप्त गर्न सक्ने, दैनिक अफरको बारेमा समेत जानकारी पाउने भएपछि यात्रुहरु मोबाइल एप्सतर्फ आकर्षित भएका छन्।
एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौैलाले पछिल्लो समय अनलाइनमार्फत टिकट खरीद गर्नेको संख्या ह्वातै बढेको बताए ।
प्रतिक्रिया