लेटेस्ट न्युज
advertisement1

उपभोगमा कमी आएपछि अण्डाको मूल्य घट्यो

Maryada News 2021-02-15 19:55:55
उपभोगमा कमी आएपछि अण्डाको मूल्य घट्यो

चितवन : कुखुराको अण्डाको मूल्य घटेको छ । उत्पादन बढेको तथा खपत घटेकाले मूल्य घटेको हो । पछिल्लो समय नेपालमा कुखुराको संख्या बढेसंगै अण्डा उत्पादनमा बृद्धि भएको नेपाल अण्डा उत्पादक संघले जनाएको छ ।  यस्तै स्वस्थानी ब्रत कथा शुरु भएकाले पनि अण्डा उपभोग घटेको हो । 

संघले माघ २६ गतेदेखि लागू हुने गरी ठूलो अण्डा फार्म दर प्रतिक्रेट (३० वटाको) ३२५ र मध्यम ३०० रुपैयाँ कायम गरेको छ । यसअघि ठूलो अण्डाको दर  ३६० रुपैयाँ र मध्यम अण्डाको ३४० रुपैयाँ सम्म पुगेको थियो । 

अण्डाको मूल्य बढेका बेला बुढा कुखुरा बिक्री नगरेका कारण पनि उत्पादन बढी भएको उहाँको भनाइ छ । सामान्यतया अण्डा दिने कुखुरा एक वर्ष छ महिना पाल्ने गरिन्छ । अण्डाको मूल्य बढ्दा किसानले थप एक वर्षसम्म पाल्ने गरेको उहाँको भनाइ छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्