काठमाडाैंः नेकपा एमालेकाे झलनाथ खनाल र माधव नेपाल समूहकाे स्थायी समिति बैठक बस्दै छ। आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बाेलाइएकाे साे समूहकी नेता अष्टलक्ष्मी शाक्यले बताइन्।
आइतबार राति आफू जेठ ३ अघि फर्कन तयार भएकाे भन्दै केही सर्तहरू तेर्स्याउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले एउटा पत्र जारी गरेसँगै खनाल-नेपाल समूहका नेताहरू आकस्मिक छलफलमा जुटेका छन्।
आजकाे बैठकले ओलीकाे पत्रबारे आधिकारिक धारणा बनाउने र थप रणनीति साथ अघि बढ्ने कार्यदिशा तय गर्ने बताइएकाे छ।
प्रतिक्रिया