काठमाडाैंः प्रतिनिधि सभा विघटनविरुद्ध परेकाे रिट प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले आफ्नै इजलासमा राखेका छन्। आज सुनुवाइ हुने भनिएकाे १९ वटा रिट प्रधानन्यायाधीश जबराले आफ्नाे एकल इजलासमा राखेका हुन्।
सर्वाेच्च अदालतले आज प्रतिनिधि सभा विघटनविरुद्ध अन्तरिम आदेश माग भएकाे रिटमाथि सुनुवाइ गर्दैछ। कुल ३० मध्ये ११ वटा रिटकाे भने भाेलि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइको लागि पेशी तोकिएको छ।
आज सुनुवाइ हुने सबै रिटमा विपक्षी राष्ट्रपति कार्यालयलाई बनाइएको छ।
प्रतिक्रिया