लेटेस्ट न्युज
advertisement1

राजनीतिक निकासको एउटै सूत्र निर्वाचन : महेश बस्नेत

Maryada News 2021-05-23 12:11:13
राजनीतिक निकासको एउटै सूत्र निर्वाचन : महेश बस्नेत

काठमाडाैंः नेकपा एमालेका नेता महेश बस्नेतले देशमा बढ्दो राजनीतिक अस्थिरतालाई निकास दिन निर्वाचन अपरिहार्य भएकाे बताएका छन्। उनले अब सबै दल निर्वाचनमा केन्द्रित हुनुपर्ने पनि बताएका छन्। 

सञ्चारकर्मीहरूसँग आज आइतबार कुरा गर्दै उनले जनताले एमालेलाई पाँच वर्ष सरकार सञ्चालनको जिम्मेवारी दिए पनि पार्टीहरूबीचकाे अस्वस्थ प्रतिस्पर्धा र पार्टीभित्रै चलेको दूषित खेलका कारण राजनीतिलाई सही मार्गमा ल्याउन निर्वाचन आवश्यक भएको बताए।

उनले प्रतिनिधि सभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको रहर नभई बाध्यता भएको बताए। उनले संसदले बिजनेस नपाएर ‘थारो गाई’ भएर रहनुभन्दा विघटन गरी निर्वाचनमा जानु नै उपयुक्त भएको टिप्पणी गरे।

“संसद थारो गाई जस्तै भयो, राजनीतिक निकास दिन नसक्ने, वैकल्पिक सरकार पनि दिन नसक्ने, कानून बनाउन नसक्ने भएपछि विकल्प नयाँ जनमत नै हो”, उनले भने, “दलहरुबीचको अन्तरविरोध, आपसी द्वन्द्व, अनेकौँ विकृति, विसङ्गति र सत्ताको खिचातानी बढाएर देशलाई राजनीतिक द्वन्द्वतिर लैजानुभन्दा नयाँ जनादेशमा जानु नै उत्तप विकल्प हो, प्रधानमन्त्रीले त्यहीँ बाटो रोज्नु भयो।”

उनले चुनावमा गएर जनतासँग मत माग्न नसक्ने, मत पाउने आशा नभएका, जनमत गुमेका, निर्वाचनमा पराजयको त्रास भएकाहरुले निर्वाचनको विरोध गरेको पनि आरोप लगाए। नेकपा एमाले निर्वाचनमा होमिसकेको बताउँदै उनले विरोध गरेर निर्वाचनमा नलाग्नेहरू आफैँ पछाडि पर्ने टिप्पणी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्