काठमाडौं : नेकपा एमालेको विधान महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । ललितपुरको गोदावरीस्थित ’सनराइज सम्मेलन केन्द्र’ मा दिउँसो १ बजेपछि सुरु भएको महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर गरेका हुन् ।
महाधिवेशनमा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले नेपालमा कम्युनिस्ट पार्टी गठन भएयताका मुख्य राजनीतिक सन्दर्भमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् ।
पार्टी विभाजन, सरकारबाट हट्नुपरेको स्थिति, नेकपाको असफल एकता, विभिन्न पार्टीहरुप्रति एमालेको दृष्टिकोण सो प्रतिवेदनमा प्रस्तुत गरिएको छ । प्रतिवेदनको केही अंश वाचन गरेका ओलीले आफूलाई रुघाखोकीका कारण बाँकी भाग वाचन गर्न असहज भएको भन्दै आफू निकट नेता शंकर पोखरेललाई जिम्मा दिएका थिए ।
त्यसपछि पोखरेलले नै प्रतिवेदनको पछिल्ला अंशहरु वाचन गरेका थिए ।
प्रतिवेदनको पूर्णपाठ:
प्रतिक्रिया