लेटेस्ट न्युज
advertisement1

भारतमा एकै दिन थपिए साढे दुई लाख सङ्क्रमित, चार हजारको मृत्यु    

Maryada News 2021-05-22 21:31:00
भारतमा एकै दिन थपिए साढे दुई लाख सङ्क्रमित, चार हजारको मृत्यु    

नयाँ दिल्ली : भारतमा पछिल्लो २४ घण्टामा थप साढे दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुई लाख ५७ हजार २९९ जना सङ्क्रमित भएका हुन् । भारतमा सोही अवधिमा थप चार हजार १९४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतमा तीन लाख ५७ हजार ६३० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।     
     
भारतमा अहिलेसम्म कुल दुई करोड ६२ लाख ८९ हजार २९० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्यांक छ । ती मध्ये २९ लाख २३ हजार ४०० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख ९५ हजार ५२५ जनाको मृत्यु भएको छ । तर सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ३० लाख ७० हजार ३६५ पुगेको छ ।   
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्