लेटेस्ट न्युज
advertisement1

कोरोनाबाट निधन हुनेकाे परिवारलाई रू १० हजार

Maryada News 2021-05-22 11:16:26
कोरोनाबाट निधन हुनेकाे परिवारलाई रू १० हजार

तनहुँः व्यास नगरपालिकाले कोरोनाबाट निधन हुने विपन्न परिवारका सदस्यलाई रू १० हजार उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट निधन हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चवापत जनही रू १० हजार उपलब्ध गराउने निर्णय गरेको हो।

सम्बन्धित वडाको सिफारिसमा निधन भएकाको परिवारलाई राहत दिने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै कोभिड–१९ सङ्क्रमित भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई रू पाँच हजार उपचार एवं सुविधा उपलब्ध गराउने निर्णय भएको श्रेष्ठले बताए। 

नगरपालिकामा हालसम्म ६ सय १६ जनाको पीसीआर परीक्षण गरिएकाेमा दुई सय ९१ सङ्क्रमित भएका छन्। त्यसमध्ये १० जनाको निधन भएको छ। त्यस्तै ५९ जना सङ्क्रमणमुक्त भएका छन्।

साथै एक सय ८३ जनाको रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्