लेटेस्ट न्युज
advertisement1

गण्डकीमा मन्त्रिपरिषद विस्तार, ४ जना पुरानै मन्त्रीले लिए सपथ

Maryada News 2021-05-19 16:59:17
गण्डकीमा मन्त्रिपरिषद विस्तार, ४ जना पुरानै मन्त्रीले लिए सपथ

काठमाडौं : गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले चारजना मन्त्री नियुक्त गरेका छन् । बुधबार  प्रदेश प्रमुख सीताकुमारी पौडेलले चारैजनालाई सपथ खुवाएकी छन् ।

बुधबार दिउँसो साढे ३ बजे अर्थमन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, पर्यटन मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुनले पद तथा गोपनियताको सपथ लिएका हुन् । २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्