काठमाडाैंः नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ। उनकी धर्मपत्नी निर्मला गच्छदारको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज शनिबार बिहान ४ बजे निधन भएको हो।
काेराेना सङ्क्रमित भएपछि दुई सातायता उनकाे नर्भिकमा उपचार चलिरहेकाे थियाे। उनकाे निधनमा कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताले श्रद्धाञ्जली प्रकट गरेका छन्।
प्रतिक्रिया