काठमाडौं : आइतबारदेखि निजामती कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिन थालिएको छ । सिभिल अस्पताबाट निजामती सेवाका कर्मचारी र स्थानीय तहका कर्मचारी लगायतलाई कोरोनाविरुद्धको खोप दिन थालिएको हो । यस्तै प्रहरीलाई पनि परिचयपत्र हेरेर खोप दिईने अस्पतालले जनाएको छ ।
यस्तै, पहिलो चरणमा खोप लिन छुटेका स्वास्थ्यकर्मीले मेडिकल काउन्सिलले लेखेको पत्र अनुसार, नेपाल बैंक, वाणिज्य बैंक, कृषि बैंक र कृषि बैंकका कर्मचारीलाई पनि खोप दिइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर कोरोना विरुद्दको खोप दिइने छ ।
प्रतिक्रिया