लेटेस्ट न्युज
advertisement1

भरतपुर अस्पतालमा उपचाररत दुई सङ्क्रमितको निधन

Maryada News 2021-05-04 10:37:15
भरतपुर अस्पतालमा उपचाररत दुई सङ्क्रमितको निधन

चितवनः जिल्लाकाे भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको निधन भएको छ। माडी नगरपालिकाका वृद्ध र बाराका एक पुरुषकाे निधन भएकाे अस्पतालले जनाएकाे छ।

अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे निधन भएको हो। निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

कोरोना सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको निधन भएको हो। यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण निधन भएको छ। छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे निधन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्