काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ७११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १६० र भक्तपुरमा १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै बुधबार काठमाडौं उपत्यकामा ९९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका भिभिन्न प्रयोगशालामा ११ हजार ८३९ पीसीआर परीक्षणमा २६१३ र ४९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३४०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा २१०४ जना संक्रमणमुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया