काठमाडाैं- कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ नेपालमा एक लाख ८४ हजार भन्दा बढीले लगाएका छन्। देशभरका २०१ खोप केन्द्रबाट पहिलो चरणको खोप एक लाख ८४ हजार आठ सय ५७ जनाले लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
जसअनुसार प्रदेश नं १ मा २४ हजार दुई सय २४, प्रदेश नं २ मा २५ हजार ६ सय ३७, बागमती प्रदेशमा ६३ हजार तीन सय आठ, गण्डकी प्रदेशमा १८ हजार चार सय ७२, लुम्बिनी प्रदेशमा २८ हजार नौ सय ४१, कर्णाली प्रदेशमा नौ हजार चार सय २० र सुदूरपश्चिम प्रदेशमा १४ हजार आठ सय ५५ जना छन्।
मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप लगाउने बताएकाे थियाे। ती मध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो । खोप अभियान शनिबार सम्पन्न भएको थियो। मन्त्रालयले पहिलो चरणका लागि ल्याएको खोप प्राथमिकताका आधारमा अर्काे चरणमा लगाउने भएको छ।
नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ।
प्रतिक्रिया