लेटेस्ट न्युज
advertisement1

दोहोरो अङ्कले घट्यो नेप्से, झण्डै ७ अर्बको कारोबार

Maryada News 2021-02-14 17:45:58
दोहोरो अङ्कले  घट्यो नेप्से, झण्डै ७ अर्बको कारोबार

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकको गिरावट आएको छ। नेप्सेका अनुसार आज ३३.३३ अंकले नेप्से घटेर दुई हजार चार सय ९३ दशमलब ५९ विन्दुमा पुगेको छ भने नेप्सेमा ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँ बराबरको कारोबार भएको छ। 

त्यस्तै, आज कारोबार भएका १२ समूह मध्ये म्यूचुअल फण्ड बाहेक अन्य सबै समूह राताम्मे भएका छन् । बजार घटेपनि नेपाल इन्फाइन्ट्रक्चर बैंकको शेयरमा भने पोजेटिभ सर्किट लागेको छ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्