लेटेस्ट न्युज
advertisement1

उत्तराखण्ड हिमनदी विस्फोटमा ११ नेपाली बेपत्ता

Maryada News 2021-02-09 14:41:36
उत्तराखण्ड हिमनदी विस्फोटमा ११  नेपाली बेपत्ता

काठमाडौं : भारतको उत्तराखण्डमा आइतबार भएको हिमनदी विस्फोटमा परी ११ जना नेपाली बेपत्ता भएका छन् । उत्तराखण्डको चमोली जिल्ला प्रहरीद्वारा सार्वजनिक बेपत्ता १७५ जनाको सूचीमा ११ जना नेपाली छन् ।

यद्यपी उनीहरु नेपाली भनिए पनि एक जनाको मात्र ठेगाना खुलेको बताईएको छ । बेपत्ता ३ जना तपोवनस्थित एनटीपीसीको जलविद्युत् आयोजना, ७ जना ऋषिगंगा जलविद्युत परियोजनामा र एक जना रेणी गाउँमा मजदुरी गर्दै आर्एका नेपाली रहेको  भनिएको छ । ती मध्ये एक जना कैलाली टीकापुरका सोहन चौधरी रहेको उल्लेख छ । 

यसअघि बेपत्ता भएका भनिएकाहरुमध्ये चार जना नेपालीको जीवितै उद्धार गरिएको थियो । आइतबार बिहान उत्तराखण्डको जोशी मठ नजिक हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायतका नदीमा बाढी आएको थियो ।

धौलीगंगाको बाढीले चमोली जिल्लाको रेणी र तपवोवन क्षेत्रमा ठूलो मात्रामा जीउधनको क्षति पुऱ्याएको छ । हिम नदीको फुटेको क्षेत्र नजिकका दुई गाउँ पनि बगाएको छ । त्यसैगरी बाढीले जोशीमठ क्षेत्रमा चारवटा पुल पनि बगाएको बताइएको छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्