एजेन्सी : अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म नै बन्द रहने भएको छ।
कोरोना भाइरसको महामारीसँगै लागू भएको सिमाना बन्दको निर्णयलाई त्यहाँको सरकारले हालै अर्को निर्णय गरि जुनसम्म लम्ब्याउने भएको हो।
स्वास्थ्य मन्त्री ग्रेग हन्टले मानव स्वास्थ्यलाई ध्यान दिँदै सीमानाका बन्द गर्ने निर्णयलाई कायमै राख्ने निर्णय भएको जनाएका हुन्। कोरोनाभाइरसको महामारीका कारण अष्ट्रेलियामा गत वर्ष सन् २०२० को मार्चदेखि सीमानाका बन्द हुँदै आएको छ।
अष्ट्रेलिया प्रवेशका लागि विदेशी नागरिकहरुलाई मात्रै प्रतिबन्ध लगाइएको र आफ्ना नागरिकलाई भने कडा मापदण्ड पूरा गरेर आउन पाइने व्यवस्था गरिएको उनले स्पष्ट पारे। विषेश र अत्यावश्यक बाहेकका अन्य कारणले अष्ट्रेलियाबाट बाहिर जान पनि निरुत्साहित गरिएको सरकारी अधिकारीहरुको भनाइ छ।
प्रतिक्रिया