एजेन्सीः भारतमा नक्सलवादीको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएकाे छ। भारतको छत्तीसगढ राज्यअन्तर्गत पर्ने विजपुरमा शनिबार भएकाे घटनामा २२ सुरक्षाकर्मी मारिएका हुन्।
घटनामा अन्य ३१ जना घाइते पनि भएका छन्। छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरु खतरामुक्त रहेको बताए। उनले अरु २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरूको खोजी भइरहेको पनि जानकारी दिए।
आक्रमणमा नक्सलवादीहरूले रकेट लञ्चर एलएमजीकाे प्रयाेग गरेकाे बताइएकाे छ। करिब तीन सय नक्सलवादीहरूले सुरक्षाकर्मीकाे टाेलीमाथि हमला गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रतिक्रिया