लेटेस्ट न्युज
advertisement1

दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर र आईसीयू प्रयोगविहीन

Maryada News 2021-05-14 11:22:35
दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर र आईसीयू प्रयोगविहीन

दैलेखः गत वर्ष काेराेना महामारीकाे समयमा जडान गरिएकाे तीनवटा आईसीयूर दुईवटा भेन्टिलेटर दक्ष जनशक्तिकाे अभावमा प्रयाेगविहीन भएकाे छ। स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा निरञ्जन पन्तको सरुवा भएसँगै अहिले स्वास्थ्य सेवा कार्यालयमा भेन्टिलेटर र आईसीयूकक्षसमेत सञ्चालन हुनसकेको छैन।

हाल जिल्लामा श्वासप्रश्वासको समस्या भएका बिरामीलाई सामान्य अक्सिजनको भरमा उपचार गरिँदै आएको छ। गम्भीर प्रकृतिका बिरामीकाे प्रभावकारी उपचार नपाएर निधन भएकाे छ। बुधबार मात्रै अक्सिजन अभावमा एक महिलाको ज्यान गएकाे छ।

दैलेखमा कोरोना सङ्क्रमणबाट हालसम्म १६ जनाको निधन भइसकेको छ‍। अधिकांश बिरामी श्वासप्रश्वासको समस्या भएर गम्भीर अवस्थामा आउने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले बताए। “हामीसँग भएका केही मात्र अक्सिजनबाट उपचार गर्दै आएका छौँ, तर बचाउन निकै समस्या भएको छ। भेन्टिलेटर भए पनि चलाउने दक्ष जनशक्ति नभएकाले त्यसै थन्किएको छ। जनशक्ति माग गरेका छौँ, तर व्यवस्थापन हुनसकेको छैन”, उनले भने।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दुई साताअघि नै जनशक्तिका लागि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकबाट बारम्बार निर्णय गरेर माग गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको जानकारी दिए।

प्रतिनिधि सभाका तीनवटै सांसद रवीन्द्र शर्मा, राजबहादुर बुढा र पार्वती बिशुंकेले तत्काल स्वास्थ्य मन्त्रालयमा यसबारे कुरा गर्ने र दक्ष जनशक्ति जिल्ला पठाउने बताए पनि हालसम्म दैलेखकाे आईसीयू र भेन्टिलेटर दक्ष जनशक्तिकाे अभावमा त्यसै थन्किएकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्