काठमाडाैंः नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ। हाल उनी घरमै हाेम आइसाेलेसनमा रहेका छन्।
८६ वर्षीय सिंह परिवारकाे सदस्यहरूकाे रेखदेखमा बसेकाे मसालका प्रवक्ता रामप्रकाश पुरीले बताएका छन्। सिंहमा दुई दिनअघि अक्सिजनकाे लेभल घटे पनि हाल स्थिर रहेकाे र उनकाे स्वास्थ्य सुधाराेन्मुख रहेकाे बताइएकाे छ।
प्रतिक्रिया