काठमाडाैंः नेकपा एमालेले चार जना नेतामाथि गरेकाे कारवाही फुकुवा गरेकाे छ। आज बिहीबार बसेकाे एमाले स्थायी समिति बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथि लगाएकाे ६ महिनाकाे निलम्बन फुकुवा गरेकाे हाे।
पार्टी एकतालाई बचाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव अघि सारेपछि साे प्रस्तावलाई स्थायी समिति बैठकले अनुमोदन गरेको हो।
गत चैतमा पार्टीभित्र ‘समानान्तर’ गतिविधि सञ्चालन गरेको भन्दै एमालेले चार जना नेतालाई स्पष्टिकरण साेधेकाे थियाे। पछि स्पष्टिकरण जवाफ चित्तबुझ्दाे नरहेकाे र सुध्रिने आशय नदेखाएकाे भन्दै उनीहरूलाई चैत तेश्राे साता पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिएकाे थियाे।
यस्तै बैठकले अब उप्रान्त एमालेकाे विवाद समाधान र राष्ट्रिय राजनीतिका विषयमा निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।
प्रतिक्रिया