लेटेस्ट न्युज
advertisement1

भरतपुर अस्पतालले थप गर्‍याे शय्या र जनशक्ति

Maryada News 2021-05-12 12:33:31
भरतपुर अस्पतालले थप गर्‍याे शय्या र जनशक्ति

चितवनः भरतपुर अस्पतालले कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या र जनशक्ति थप गरेको छ। अस्पतालले एक सय ३६ चिकित्सक तथा स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ भने ५५ वटा शय्या थप गर्दैछ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार हाल कायम एक सय ४५ शय्यामा ५५ थप गरी दुई सय पुर्‍याउन लागिएको हो। यस्तै अस्पतालको अन्य बिरामीका लागि छुट्याइएको १० शय्याको सघन उपचार कक्षलाई कोभिडका लागि छुट्याइने भएको छ।

अन्य बिरामीका लागि पोष्टअपमा व्यवस्थापन गरिँदै छ। ३५ शय्याको अब्जर्भेशन वार्ड र क्याबिनका केही शय्या कोभिडका लागि प्रयोग गरिँदै छ। अस्पतालले माग गरेको जनशक्ति व्यवस्थापन गरी दुई दिनभित्रमा शय्या थप गरिँदै छ।

यसैगरी अस्पतालले स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएर एक सय ३६ जना जनशक्ति थप गरेको छ। तीमध्ये एक सय आठ नर्स, २४ मेडिकल अफिसर, तीन रेडियोग्राफर र एक बायोइञ्जिनीयर रहेका छन्। उनीहरूलाई करारमा नियुक्त गरिएको अधिकारीले जानकारी दिए।

जिल्लाका अस्पतालमा हाल चार सय ३० बिरामी उपचाररत रहेका छन्। तीमध्ये दुई सय ४० सघन उपचार कक्षमा, एचएफएनसीमा ४९, एचडीयुमा ६३ र आइसोलेसनमा एक सय २७ जना रहेका छन्। जिल्लामा हालसम्म १० हजार एक सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

सक्रिय सङ्क्रमित दुई हजार नाै सय नाै रहेका छन्। स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सात हजार एक सय ४५ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने एक सय ४५ को निधन भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्