लेटेस्ट न्युज
advertisement1

रसुवामा आजबाट निषेधाज्ञा

Maryada News 2021-05-11 13:25:29
रसुवामा आजबाट निषेधाज्ञा

रसुवाः कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि रसुवामा निषेधाज्ञा लागू भएको छ। कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गए रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले पहिलो चरणअन्तर्गत एक साताका लागि निषेधाज्ञा जारी गरिएको र अत्यावश्यक खाद्यान्न बिक्री वितरणका लागि बिहान ६ देखि ९ बजे समय निर्धारण गरिएको बताए।

निषेधाज्ञामा औषधि पसल भने चैबिसै घण्टा खुला रहने व्यवस्था मिलाइएको छ। हाल रसुवामा संङ्क्रमितको सङ्ख्या एक सय ७६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।

कोरोना रोग सङ्क्रमण रोकथामका लागि रसुवाका पाँचवटै स्थानीय तहहरूले जनजागरण कार्यलाई तीव्रता दिइरहेको र स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसमेत परिचालन भइरहेकाले कुनै गाउँमा केही समस्या आएमा स्थानीय प्रहरी प्रशासन स्वास्थ्यकर्मीलाई खबर गरिदिन समुदायमाझ आग्रह गरेकाे छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्