काठमाडाैंः वैदेशिक राेजगार कार्यालयले श्रम स्वीकृति दिने कार्य पुनः सूचारु गरेकाे छ। आजबाट हरेक साता बुधबारकाे दिन श्रम स्वीकृति दिइने कार्यालयले जनाएकाे छ।
यसअघि पहिलाे चरणकाे काेराेना महामारीकै बेलादेखि कार्यालयले भाैतिक उपस्थितीमा श्रम स्वीकृति जारी गर्न बन्द गरेकाे थियाे। अनलाइनमार्फत मात्र श्रम स्वीकृति लिने व्यवस्था गरिएकाे थियाे।
तर व्यवसायीहरूकाे माग र भिसा आएर पनि विदेश जान नपाएका श्रमिकहरूकाे मागलाई सम्बाेधन गर्न भन्दै कार्यालयले साताकाे एक दिन श्रम स्वीकृति जारी गर्ने निर्णय गरेकाे हाे।
प्रतिक्रिया