लेटेस्ट न्युज
advertisement1

बैंक तथा वित्तीय संस्था बन्द

Maryada News 2021-05-07 17:22:37
बैंक तथा वित्तीय संस्था बन्द

फुङ्लिङ : ताप्लेजुङ जिल्लामा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु आजदेखि बन्द भएका छन्।जिल्लामा तीव्ररुपमा कोभिड–१९ सङ्क्रमण बढेपछि सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको हो । फुङ्लिङ बजारमा यही वैशाख २० गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुका कार्यालयहरु सञ्चालन हुँदै आएपछि जिल्ला प्रशासन कार्यालयले आज शुक्रबारदेखि नै लागू हुने गरी बन्द गर्ने निर्देशन गरेको थियो ।

अत्यावश्यक परेमा एकजना कर्मचारी राखेर सेवा प्रदान गर्न जिल्ला प्रशासन आग्रह गरिएको छ। निषेधाज्ञा जारी भएसँगै फुङ्लिङ बजार सुनसान भएको छ । दिन प्रतिदिन जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएको कोभिड–१९ का स्रोत व्यक्ति प्रतिमा खरेलले बताउनुभयो । तीव्ररुपमा सङ्क्रमित बढ्दै गएपछि नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिकाबाहेक अन्य स्थानीय तहले अत्यावश्यक सेवाबाहेकका सबै सेवा स्थगित गरेका छन् ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्