लेटेस्ट न्युज
advertisement1

अर्बपति बिल गेट्सकाे सम्बन्ध विच्छेद

Maryada News 2021-05-04 10:05:59
अर्बपति बिल गेट्सकाे सम्बन्ध विच्छेद

एजेन्सीः माइक्राेसफ्टका संस्थापक तथा अर्बपति बिल गेट्सकाे सम्बन्ध विच्छेद भएकाे छ। सामाजिक सञ्जाल ट्वीटरमा एक सूचना जारी गर्दै बिल गेट्स र उनकी पूर्वपत्नी मेलिन्डा गेट्सले आफ्नाे २७ वर्षकाे वैवाहिक जीवनकाे अन्त्य गरेकाे बताएका हुन्। 

बिल र मेलिन्डाकाे सन् १९९४ मा विवाह भएकाे थियाे। उनीहरूले सामाजिक तथा मानवीय कार्यका लागि फाउन्डेसन पनि बनाएका छन्। बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनमार्फत उनीहरूले विश्वभरी मानवीय कार्य गर्दै आएका छन्। साे फाउन्डेसनकाे कार्य भने सम्बन्ध विच्छेदपश्चात पनि जारी रहने उनीहरूले बताएका छन्।

pic.twitter.com/padmHSgWGc

— Bill Gates (@BillGates) May 3, 2021

बिल गेट्स हाल संसारकै चाैथाे धनि व्यक्ति हुन्। फोर्ब्सका अनुसार उनीसँग हाल एक सय २४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेकाे छ। मेलिन्डासँग बिलकाे भेट सन् १९८७ मा माइक्राेसफ्टकाे कार्यालयमा भएकाे थियाे। त्यतिबेला मेलिन्डा माइक्रोसफ्टमा प्राेडक्ट म्यानेजरकाे रुपमा काम गर्थिन्।

बिल गेट्स हाल ६५ वर्षका छन्। उनले गत साल आफूलाई मानवीय कार्यमा केन्द्रीत गर्न माइक्राेसफ्टकाे बाेर्ड सदस्यबाट राजीनामा दिएका थिए। मेलिन्डा ५६ वर्षकी छिन्। उनी र बिलले सन् २००० मा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनकाे स्थापना गरेका थिए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्