लेटेस्ट न्युज
advertisement1

बाँकेमा थप पाँच सङ्क्रमितको निधन

Maryada News 2021-05-03 12:12:16
बाँकेमा थप पाँच सङ्क्रमितको निधन

बाँकेः अस्पताल भर्ना भएका थप पाँच कोरोना सङ्क्रमितको गए राति निधन भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा निधन भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनकाअनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी ५१ वर्षीय पुरुषको आज बिहान ३ः३० बजे, नेपालगञ्ज–१ निवासी ६६ वर्षीय पुरुषको ४ः०० बजे र बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ४७ वर्षीय पुरुषको आज बिहान ६ः३० बजे निधन भएको हो।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा नेपालगञ्ज–५ निवासी ४८ वर्षीय पुरुषको गए राति ९ः३० र बैजनाथ गाउँपालिका–८ निवासी ६० वर्षीया महिलाको आज बिहान १ः२० बजे निधन भएको थियो।

याेसहित बाँकेका एक सय ३३ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका एक सय २२ जनाको निधन भइसकेकाे स्रोत व्यक्ति वलीले जानकारी दिएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्