लेटेस्ट न्युज
advertisement1

कञ्चनपुरमा कोरोनाको सङ्क्रमणबाट तीन जनाको निधन

Maryada News 2021-05-01 12:03:53
कञ्चनपुरमा कोरोनाको सङ्क्रमणबाट तीन जनाको निधन

कञ्चनपुरः कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लामा गएराति तीन जनाको निधन भएको छ। दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होम आइसोलेशनमा निधन भएको हो।

महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र सोही नगरपालिका १४ का ४८ वर्षीय महिलाको निधन भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले बताए।

यस्तै भीमदत्त नगरपालिका–१८ का ६८ वर्षीय पुरुषको होम आइसोलेशनमा निधन भएको छ।

यसैबीच पश्चिम सीमा नाका गड्डाचौकी र गौरीफण्टा हुँदै शुक्रबार भारतबाट भित्रिएका एक हजार सात सय ६९ मध्ये दुई सय ८४ जनाको एन्टिजेन परीक्षण गरिएकाेमा ३३ जनाको नतिजा पोजेटिभ आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्