काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । जसमध्ये ४ हजार ७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै आज थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया