लेटेस्ट न्युज
advertisement1

भेरीमा अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

Maryada News 2021-04-24 19:05:42
भेरीमा अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

राँझा : नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक सङ्क्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ५५ वर्षीया महिलाको भेरी अस्पतालमा रहेको कोभिड आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि चैत ३१ गते पिसिआर परीक्षण गर्दा उहाँमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । वैशाख ६ गतेदेखि उनलाई भेरी अस्पतालको आइसोलेशनमा भर्ना गरेर उपचार शुरु गरिएको थियो । यससँगै कोभिड सङ्क्रमणका कारण बाँके जिल्लामा ज्यान गुमाउने कूल सङ्ख्या ७७ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्