लेटेस्ट न्युज
advertisement1

व्यावसायिक योजना बनाएर आयआर्जन गर्नेको सङ्ख्यामा वृद्धि    

Maryada News 2021-04-20 08:54:53
व्यावसायिक योजना बनाएर आयआर्जन गर्नेको सङ्ख्यामा वृद्धि    

खोटाङ : वैदेशिक रोजगारमा संलग्न खोटाङका ७६ प्रतिशत परिवारका सदस्यले व्यावसायिक योजना बनाएर आयआर्जन शुरु गरेका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले गरेको सर्वेक्षणअनुसार वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यले आफ्नो घरमा योजना बनाएर विभिन्न व्यवसायबाट आयआर्जन शुरु गरेका हुन् ।     
     
परियोजनाले सञ्चालन गरेको वित्तीय साक्षरता कक्षामा सहभागीमध्ये ८७ प्रतिशतले वित्तीय लक्ष्य तथा पारिवारिक बजेट बनाउने गरेको, ९७ प्रतिशतले आम्दानी र खर्चको हिसाब राख्न थालेको र ९१ प्रतिशतले बचत वृद्धि गरेको सामीका कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिए। वित्तीय साक्षरता कक्षाकै सिकाइका कारण ९२ प्रतिशत (३५७ जना)ले विदेशमा रहेका आफन्तबाट महत्वपूर्ण कागजातको फोटोकपी घरमा मगाएको सामीले जनाएको छ ।     
     
वैदेशिक रोजगारसम्बन्धी आवश्यक सूचना तथा परामर्श सेवा पाएका एक हजार ४८८ जनामध्ये १२ प्रतिशत विदेश गएको, त्यसमध्ये ५३ प्रतिशतले सीप सिकेर विदेश गएको, ८७ प्रतिशतले परिवारमा कागजपत्र छाडेको र ३६ प्रतिशतले आफूले एजेण्टलाई पैसा तिरेबराबरको भर्पाइ लिएको पाइएको कार्यक्रम संयोजक राईले जानकारी दिए । यस्तै आर्थिक वर्ष २०७६/७७ र आव २०७७/७८ मा वैदेशिक रोजगारको सिलसिलामा भएका ठगी, खोजी, उद्दार, जेल, मृत्युदाबी भुक्तानी तथा अङ्गभङ्गलगायत आएका ५८ मुद्दामध्ये २९ सफल भएको, २२ प्रक्रियामा रहेको र सातवटा असफल भएको परियोजनाले जनाएको छ ।     
     
पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा ठगीका नयाँ–नयाँ शैली अपनाइएको पाइएको सामीका जिल्ला कार्यक्रम अधिकृत उमा पौडेलले जानकारी दिइन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्