एजेन्सीः अफगानिस्तानको जलालाबाद शहरस्थित एक मस्जिदमा बन्दुकधारीले एकै परिवारका आठ जनाको हत्या गरेका छन्। जमिनको विवादका कारण हत्या गरिएकाे स्थानीय प्रहरीले अनुमान गरेकाे छ।
प्रान्तीय गभर्नर जैउलहक अमरखिलले घटनामा पाँच जना दाजुभाइ र तीन जना भाइभतिज मारिएको जानकारी दिएका छन्। प्रहरीका प्रवक्ता फरीद खानकाअनुसार शनिबार राति साे घटना भएको हाे।
मुस्लिमको पवित्र रमजान पर्वका दिनहरूमा साँझपख मस्जिदमा गएर प्रार्थना गर्ने चलन छ। यहीक्रममा हत्या भएकाे स्थानीय प्रहरीले जनाएकाे छ।
प्रतिक्रिया