काठमाडौंं : चलचित्र ‘प्रेम गीत ३’ नेपाल र भारतमा सँगै रिलिज हुने भएको छ । एकसाथ रिलिजका लागि निर्माण युनिटले ‘प्रेम गीत ३’ लाई हिन्दी भाषामा पनि डबिङ गराएका छन् । निर्देशक सन्तोष सेनका अनुसार फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुको गरेको छन् । चलचित्र विभिन्न भाषामा समेत रिलिजको तयारीमा आफू लागेको उनले सुनाए ।
उनका अनुसार डबिङ्गको क्रममा बलिउड कलाकारले फिल्मको प्रशंसा समेत गरेका छन् । ‘यसले उनलाई निकै उत्साहित तुल्याएको बताएका छन् । उनीहरुले फिल्मको कथाअनुसार लोकेशन र कलाकारको अभिनयले फिल्मलाई सफल बनाउने दावी समेत गरेको सेनको भनाई रहेको छ ।
२०० सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा उतारेको फिल्म स्वर्गीय छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्तरुपमा निर्देशन गरेका छन् । छेतेन गुरुङ र मन्दिप गौतमको लेखन रहेको फिल्मका निर्माता सन्तोष सेन र सहनिर्माता कुमार सान शाह र ओएसआर डिजिटल रहेका छन् ।
त्यस्तै फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्वृद्धि शाही ठकुरी, योगिसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र कोरोनाको कहर हटेपछि सार्वजनिक प्रदर्शनमा आउनेछ ।
प्रतिक्रिया