काठमाडाैंः डिभिजन सडक कार्यालयले चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ। प्राथमिकताअनुरुप चालू आवमा २० किमी सडक निर्माण सकिएको कार्यालयले जनाएको छ।
काठमाडौं जिल्लाबाट अरु जिल्लासम्म जोडिने स्थानमा पनि सडक निर्माणको काम भइरहेको र तीमध्ये कतिपय नयाँ निर्माण र कतिपय पुनःनिर्माणकाे काम भएको कार्यालयले जनाएको छ। सिन्धुपाल्चोक जिल्ला नजिकै पर्ने भोटेचौर, जर्सिङपौवामा सडक निर्माण भइरहेको कार्यालयका प्रमुख कुबेर नेपालीले बताए। उनकाअनुसार हाल काभ्रेस्थली जाने सडकको निर्माण भइरहेको छ।
चक्रपथ बाहिरका क्षत्रेमा बूढानीलकण्ठबाट डाडाँगाउँ, भङ्गाल र कपन क्षेत्रमा काम भइरहेको छ। उनले भने, “यीमध्ये धेरै ठाउँमा नयाँ बनाउने नै काम भइरहेको छ।” चालू आवमा नै बूढानीलकण्ठ सडकको पुनःस्थापनाको गरिने पनि उनले बताए। यी सडकमा हाल विद्युतका तार भूमिगत गर्ने काम भइरहेकाले साे काम सकिएपछि निर्माण कार्यलाई तीव्रता दिइने उनले बताए।
हाल निर्माणको काम भइरहेको सडकमा दाेहाेर्याउन नपराेस् भनेरअरु निकायसँग समन्वयमा काम गरिरहेको कार्यालयले जनाएको छ। सडक बनाएपछि खन्न नपरोस् भनेर अरु निकायसँगको समन्वयमा काम अघि बढाइएको हो।
प्रतिक्रिया