काठमाडौं : वरिष्ठ धानबाली विज्ञ भोलामान सिंह बस्नेतको कोरोना सङ्क्रमणका कारण ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्याउनुभएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न थिए ।
नेपालमा हिउँदे धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो । उनका दुई छोरी र एक श्रीमती छन् ।
प्रतिक्रिया