काठमाडौं : संसद् सदस्यता गुमेका चारजना मन्त्रीले आज पुनर्नियुक्तिपछि पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई शपथ गराएकी हुन् ।
प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ । माओवादीबाट एमाले प्रवेश गरेका टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पुनर्नियुक्ति गरिएका हुन् ।
प्रतिक्रिया