लेटेस्ट न्युज
advertisement1

अपराध गरी फरार भएका नौ जना पक्राउ

Maryada News 2021-04-08 12:19:50
अपराध गरी फरार भएका नौ जना पक्राउ

कञ्चनपुरः विभिन्न मुद्दाका फरार नौ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये केहीलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ भने केहीलाई अदालतमा उपस्थित गराई जरिवाना तिराई छाडिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार चेक अनादर मुद्दामा दोषी ठहर भएका भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय अनिल रिजाल, लागुऔषध मुद्दाका भीमदत्त नगरपालिका–३ का २३ वर्षीय दिवश कुँवर, चोरी मुद्दाका पुनर्वास नगरपालिका–६ का मनिष विकलाई पक्राउ गरी अदालतमार्फत कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।

यसैगरी अंश मुद्दाका फरार प्रतिवादी कृष्णपुर नगरपालिका–६ का उदयराज जोशी, जयराज जोशी र धनिराज जोशीलाई अदालतमा उपस्थित गराई जरिवाना तिराई छाडिएको छ। भ्रष्टाचार मुद्दाका भीमदत्त–४ का महिमान सिंह विष्टलाई समेत जरिवान तिराई छाडिएको छ। मानव बेचविखन तथा ओसारपसार कसुर मुद्दामा वारदातपश्चात् भागी फरार रहेका प्रतिवादी पुनर्वास–६ का २४ वर्षीय चन्द्र विक (सुनार), वर्ष २२ का आशा सुनार र सोही ठाउँ बस्ने वर्ष २४ का गुड्डु सुनारको हकमा अदालतबाट पक्राउ पुर्जी जारी भई खोजतलास भइरहेको छ।

फरार प्रतिवादीमध्ये चन्द्र विकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सवारी ज्यान मुद्दामा तीन वर्षदेखि फरार पुनर्वास–९ बिचफाँटाका ४५ वर्षीय लिला सुनार र वर्ष २४ का सागर विकको हकमा अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा सागर विकलाई प्रहरीले पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्