बैतडीः जिल्लाकाे दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन्। प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको छ।
उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो। उनीहरु दुबै हाेटलमा भएकाे जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उनले नै प्रहरीलाई खबर गरेकी थिइन्।
शङ्कास्पद भेटिएका दुवै जनालाई जिल्ला ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए।
उनले भने, “दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदैछ, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्ने कुरा आएकाे छ।”
प्रतिक्रिया