काठमाडौं : काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा डँढेलो लागेको छ । आज(आइतवार) बिहान करिब ११ बजे बाट जंगलमा डँढेलो लागेको हो । आगलागी नियन्त्रणको प्रयास भइरहे पनि आगलागी नियन्त्रणबाहिर गएपछि सिम्रिक एयरको हेलिकप्टरबाट पानी फालेर निभाउने प्रयास भइरहेको बुढानिलकण्ठ नगरपालिकाले जनाएको छ ।
सुन्दरीजलबाट पानी लिएर आगलागी निभाउने प्रयास भइरहेको छ। आगलागी हुनुको कारण भने खुल्न सकेको छैन, विगतका वर्षको तुलनामा यस वर्ष लामो खडेरी परेका कारण पनि अधिकांश जंगलमा डँढेलो लागेको हुनसक्ने अनुमान गरिएको छ ।
आगो निभाउन तीन दमकलसहित प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी खटिएका थिए। जमिनबाट आगो नियन्त्रण गर्न नसकिएपछि हेलिकप्टर प्रयोग गरिएको हो।
प्रतिक्रिया