लेटेस्ट न्युज
advertisement1

नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्चको गेटमा धर्ना दिने 

Maryada News 2021-11-12 16:18:31
नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्चको गेटमा धर्ना दिने 

काठमाडौँ : नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना दिने भएको छ । प्रधानन्यायाधीशले निकासको बाटो नदिएको कारण आइतबार पनि गेटमै धर्ना दिन लागिएको बारले जनाएको छ । 

प्रधानन्यायाधीशको बहिर्गमनलाई नै बटमलाइन बनाएको बारले प्रधानन्यायाधीशको बहिर्गमन र गोलाप्रथाबाट पेसी तोक्ने सुरुवात नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा नाराबाजी गर्न थालेपछि प्रहरीले हस्तक्षेप गर्दा ६ जना अधिवक्ताहरू घाइते भएका थिए ।

त्यसैको विरोधमा बारले शुक्रबार सर्वोच्च अदालतको गेटमा धर्ना दिएको थियो भने शुक्रबारका लागि बन्दी प्रत्यक्षीकरण सहितका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको थियो ।

शुक्रबार बारका पदाधिकारी र सदस्यहरु सर्वोच्चको गेटमा धर्नामा बसेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक बाटो प्रयोग गरेर अदालत प्रवेश गरेका थिए ।

करिब डेढ घण्टा धर्नामा बसेका बारका सदस्यहरु पछि बारमा आई कोणसभा गरेका थिए । उक्त कोणसभाबाट आइतबार पनि सर्वोच्चको गेटमा धर्नामा बस्ने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्