काठमाडौं : शल्यक्रिया गर्दा चिकित्सकले सुत्केरीको पेटभित्रै कपडा छाडेको एक परिवारले आरोप लगाएको छ । सोलुखुम्बु सल्लेरी निवासी ३० वर्षीया डोमा घताने विश्वकर्माको शल्यक्रियामार्फत् सुत्केरी गराउने क्रममा पेटभित्रै कपडा छुटेको परिवारले जनाएको छ । परिवारले चिकित्सकको लापरवाहीका कारण सुत्केरीको ज्यान जोखिममा परेको समेत बताएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवारले सोलुस्थित फाप्लु अस्पतालमा गरिएको शल्यक्रियापछि डोमाको ज्यान जोखिममा पारेको भन्दै कारवाहीको गर्न माग गरेका हुन् ।डोमाका श्रीमानले दोषी डाक्टरलाई कारवाही र क्षतिपुर्तिको लागि नेपाल मेडिकलमा मुद्दा दर्ता गराएको जनाएका छन् । भने मंगलबार स्वास्थ्य मन्त्रालयमा जाने समेत उनले जानकारी दिए ।
प्रतिक्रिया