काठमाडाैंः संघीय राजधानी काठमाडाैंमा वायु प्रदुषण पुनः बढेकाे छ। देशका विभिन्न स्थानमा लागेकाे डढेलाे नियन्त्रणमा नआएकाे र पश्चिमी वायुकाे प्रभाव बढेसँगै काठमाडाैंमा प्रदुषण बढेकाे हाे।
प्रदुषण बढेसँगै काठमाडाैं आज विश्वकै प्रदुषित शहरमा पहिलाे नम्बरमा परेकाे छ। प्रदुषण नाप्ने वेवसाइट आइक्यु एयरकाअनुसार काठमाडाैंकाे एयर क्वालिटी इन्डेक्स आज ३०७ रहेकाे छ। सामान्यतया एयर क्वालिटी इन्डेक्स १५० माथि जानुलाई मानव स्वास्थ्यमा खतरा हुने मानिन्छ।
त्यस्तै ३०० भन्दामाथि जानुलाई निकै खतराजन्य र यसले अधिकांश जनसंख्यालाई प्रभावित पार्ने बताइन्छ।
आज काठमाडाैंपछि दाेश्राे नम्बरमा म्यानमारकाे रंगुन परेकाे छ भने, तेस्राे नम्बरमा थाइल्याण्डकाे चियाङ माइ शहर परेकाे छ। त्यस्तै भारतकाे नयाँ दिल्ली शहर आज चाैथाे प्रदुषित शहर भएकाे छ।
नेपालका अन्य शहरहरू पनि आज निकै प्रदुषित रहेका छन्। नेपालगञ्जकाे प्रदुषण आज २४८ रहेकाे छ भने पाेखराकाे २०२ रहेकाे छ। त्यस्तै भैरहवाकाे प्रदुषण पनि आज २०२ रहेकाे छ।
प्रदुषण अत्यन्तै ज्यादा रहेकाे भन्दै जनस्वास्थ्यविद्हरूले सकभर घरमै बस्न सुझाएका छन्। त्यस्तै बाहिर निसक्न परेमा अनिवार्य मास्ककाे प्रयाेग गर्नसमेत आग्रह गरिएकाे छ।
प्रतिक्रिया