काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतबार एक सूचनामार्फत् निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुई दुई रुपैयाँका दरले बढाएको जनाएको छ ।
अब पेट्रोल प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय तीन रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।
प्रतिक्रिया