इलामः यस वर्षकाे चियाको पहिलो टिपाइ शुरु भएको छ। हरेक वर्ष चैतकाे पहिलाे साताबाट चियाकाे पहिलाे टिपाइ शुरु हुने गरेकाेमा यस वर्ष पानी ढिलाे पर्नाले केही साता ढकेलिएकाे हाे।
यद्यपि सदाभन्दा यस वर्ष चियाको परिमाण बढेको स्थानीय किसानहरूकाे भनाइँ छ। देउमाई नगरपालिकाका उद्यमी सोम शर्मा भन्छन- 'पानी नआएकाले चिन्ता थियो। गत साता पानी परेपछि चिन्ता हल भएको छ। यसपटक त अन्तरराष्ट्रिय बजारमा भाउ पनि राम्रो छ।'
यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ। ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया अरु सिजनकोभन्दा उत्कृष्ट मानिन्छ। गत वर्ष तयारी चियाको मूल्य रु ९५ थियो भने अहिले रु १०० हाराहारीमा छ।
फागुन मध्याह्नदेखि अन्त्यसम्ममा आकाश पानी परेमा चियाको उत्पादन बढ्छ। यदि चैत अन्त्यसम्ममा पानी नपरेमा उत्पादन घट्ने सम्भावना हुन्छ। वैकल्पिक उपाय नहुँदा अहिले पनि किसानले आकाशे पानीकै भर पर्नुपर्छ।
प्रतिक्रिया